कोहलपुरमा एक घरबाट लाखौंको लुटपाट

सदरलाइन संवाददाता ६ आश्विन २०७९, बिहीबार १४:२५
 

नेपालगञ्ज : बन्दुकधारीको एक समूहले कोहलपुरका एक स्थानीयको घरबाट १० तोला सुन र दुई लाखँ रुपैयाँ लुटपाट गरेको छ । बुधबार मध्यरातमा उक्त समूहले कोहलपुर नगरपालिका ८ का विरेन्द्रजंग शाहीको घरबाट १० तोला सुनसहित नगद साढे २ लाख बढी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

लुटपाटबारे प्रहरीलाई जानकारी गराउन खोज्दा उक्त समूहले मोबाइल पनि लुटेर लगेको पीडितले जनाएका छन् । रातिको समयमा ढोका खोल्न लगाएर लुटेरा समूहले शाहीको घरमा लुटपाट गरी घरमा थुनेर भागेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए । उनले उक्त गिरोहको पहिचान छिट्टै हुने दाबी गरे । सुन लुट्ने गिरोह लामो समयदेखि बाँके र बर्दियामा सक्रिय रहेको छ ।

बाँकेको खजुरा, बर्दियाको कालिका, कतर्निया लगायतका बजारमा सुन लुटपाट गरिसकेको छ । उक्त गिरोहले रातिको समयमा ढोका खोल्न लगाएर लुटपाट गर्ने र थुनेर भाग्ने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न मुद्दामा फरार बाँकेमा दुईजना पक्राउ

६ आश्विन २०७९, बिहीबार १४:२५
नेपालगञ्ज : बाँके प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । बाल यौन दुरुपयोग मुद्दा र लेनदेन मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाल यौन दुरुपयोग मुद्दामा चार वर्ष अघि जिल्ला अदालतबाट दोषी ठहर भइ फरार कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय प्रकाश […]