विभिन्न मुद्दामा फरार बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता ६ आश्विन २०७९, बिहीबार १४:२९
 

नेपालगञ्ज : बाँके प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । बाल यौन दुरुपयोग मुद्दा र लेनदेन मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

बाल यौन दुरुपयोग मुद्दामा चार वर्ष अघि जिल्ला अदालतबाट दोषी ठहर भइ फरार कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय प्रकाश खत्री पक्राउ परेका हुन् । खत्रीलाई २०७५ साल फागुन २ गते जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद फैसला गरेको थियो ।


त्यस्तै लेनदेन मुद्दामा दोषी भइ फरार रहेका खजुरा गाउँपालिका–५ का ५० वर्षीय तुलसीराम खटिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खटिकलाई जिल्ला अदालतले गएको भदौ १० गते ६ महिना कैद फैसला गरेको थियो ।

पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने

६ आश्विन २०७९, बिहीबार १४:२९
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ । नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम […]