बुधबार बिहानसम्मको नतिजा सबै नेगेटिभ

२८ श्रावण २०७७, बुधबार १४:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधबार बिहान ११ बजेसम्म गरिएको कोरोना परिक्षणको नतिजा सबै नतिजा नेगेटिभ आएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दिएको जानकारी अनुसार बुधबार बिहानै आएको नतिजा अनुसार सबै नेगेटिभ आएको हो ।


गत साउन २५ गते संकलन गरिएको भेरी अस्पतालमा क्वाब परिक्षणमा नतिजा नेगेटिभ आएको हो । सो दिन टेलिकमका ४३ जना, प्रहरी अस्पतालबाट ५६ जना र महेन्द्र बहुमुखी क्याम्पसबाट ५० जनाको गरी १४९ जनाको पिसिआर परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको हो ।

गत दुई साता यता बाँकेमा निरन्तर बढ्दो अवस्थामा रहेका कोरोनाको ग्राफलाई बुधबार बिहानको नतिजाले केही राहत दिएको हो ।

Next Post

बलिउड अभिनेता संजय दत्तलाई तेस्रो चरणको क्यान्सर

२८ श्रावण २०७७, बुधबार १४:४०
सदरलाइनडटकम, नेपालगञ्ज  : बलिउड नायक संजय दत्तका फ्यानका लागि अपृय खबर छ । संजय दत्तलाई फोक्सोको तेश्रो चरणको क्यान्सर भएको छ । उनी उपचारका लागि अमेरिका उड्ने तयारीमा रहेका छन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएको र त्यहाँ उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएपछि गरिएको […]

सम्बन्धित