नेपालगञ्ज ४ मा निःशुल्क स्वास्थ्य शिविर

सदरलाइन संवाददाता ६ आश्विन २०७९, बिहीबार १४:१६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा किटजन्य र अन्य रोग सम्बन्धि उपचारका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

शिविरको कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले शुभारम्भ गरे । कार्यवाहक नगर प्रमुख राईले शिविरबाट किटजन्य रोगको जोखिममा रहेको वडा नम्बर ४ का स्थानीय लाभान्वित हुने बताए । उनले वडा नम्बर ४ ले स्वास्थ्य सेवा र सचेतना प्रबद्र्धनमा उदाहरणीय काम गरिरहेको भन्दै अन्य वडाले पनि अनुशरण गर्न जरुरी रहेको बताए ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडा नम्बर ४ मा डेंगुका विरामी देखिएकाले यसअघि पनि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्मरण गराउँदै अहिले डेंगु लगायत अन्य किटजन्य रोगको अवस्था थाहा पाउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।


डेंगु, मलेरिया र स्क्रब टाइफसको निःशुल्क परीक्षण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले बताए । उनले बाँकेमा हालसम्म ४४ जनामा डेंगु पुष्टि भइसकेको जानकारी दिँदै नेपालगञ्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर ४ का रहेको बताए ।

शिविर शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका फिजिसियन डा.पारस श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित थिए ।

शिविरमा फिजिसियन डा.श्रेष्ठले स्वास्थ्य जाँच गरिरहेका छन् । वडा नम्बर ४ को सहजीकरण, भेरी अस्पतालको सहयोग र स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा शिविर आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जिल्ला न्यायाधिश महरा मुख्य निर्वाचन अधिकृत

६ आश्विन २०७९, बिहीबार १४:१६
नेपालगञ्ज : निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । बाँकेमा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर […]

सम्बन्धित