म्याराथनको मन्त्री अथकले गरे उदघाटन

सदरलाइन संवाददाता ४ मंसिर २०७८, शनिबार १२:१९
 

नेपालगञ्ज : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगञ्ज म्याराथनको उदघाटन गरेका छन् । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए ।

म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए । नेपालगञ्ज म्याराथनले स्थानीयदेखि खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुशी ब्यक्त गर्दै मन्त्री अथकले नेपालगञ्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताए ।

“राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल” भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री अथकले बताए ।


म्याराथनमा सहभागी हुन नेपालगञ्ज पुगेका महानायक राजेश हमालले नेपालगञ्ज खेलकुदको शहर भएको बताए । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगञ्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरे ।

स्वास्थ्यसँग सम्बन्धित नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार ४ संक्रमित थपिए, १० डिस्चार्ज

४ मंसिर २०७८, शनिबार १२:१९
नेपालगञ्ज : बाँकेमा शनिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ६९ वटा नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३८ नमुना परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि […]