नेपालगञ्ज अउदै गरेको श्रीएयरको जाहाजमा समस्या आएपछि आकस्मिक उडान रोकियो

१० फाल्गुन २०७६, शनिबार ११:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौंबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ ।

शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा रहेको बेलामा जाहाजका एयर होस्टेसहरुले हवाई जहाजमा बसिसकेका यात्रुहरुलाई हतार–हतार विमानबाट ओरालेका छन् ।

‘इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ एक जना यात्रुले भने ।


कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारे जानकारी भने दिइएको छैन । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए ।

उनले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् । मानन्धरले भने, ‘सुरक्षालाई त ध्यान दिनुर्पयो नि । त्यही भएर केहीबेर डिले भएको छ ।’ अनलाइनखबरबाट

Next Post

‘गुट र उपगुटमा डुबेको कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन’

१० फाल्गुन २०७६, शनिबार ११:२२
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गुट र उपगुटमा डुबेको कांग्रेसलाई जीवन्त राख्नका लागि आवश्यक रहेको बताएका छन् । शनिबार बिहान प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता डा. कोईरालाले सो कुरा बताएका हुन । उनले गुटै गुटमा डुबेर आफ्नो साख गुमाउदै गरेको काँग्रेसले १४ औं […]