लिंग छनोट गर्नेको संख्या बाँकेमा बढ्यो

सदरलाइन संवाददाता १३ माघ २०७८, बिहीबार १५:२७
 

नेपालगञ्ज : छोराको चाहनामा विभेदपूर्ण लिंग छनोट गर्नेको संख्या पछिल्लो समय बाँकेमा बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिंग परीक्षण गराउने गरेका छन् ।

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भ्रुणको लिंग पहिचान गरिदिने र गैरकानुनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गइरहेको पाइएको छ ।

त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गैरकानुनी रूपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको अधिकारकर्मीहरुको भनाइ छ । भेरी अस्पताल बाँकेमा आर्थिक वर्ष ०७७/७८ मा दुई हजार पाँच सय बढीले गर्भपतन गराएका छन् ।


अस्पतालले दिएको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा भेरीमा मात्रै दुई हजार पाँच सय ८५ जनाले गर्भपतन सेवा लिएका हुन् । गएको वर्ष गर्भपतनपछि समस्या देखिंदा सेवा लिन आउनेको संख्या १ सय ८७ छ । यो संख्या जथाभावी औषधि सेवन गरेर गर्भपतनपछि समस्या भएर आउनेको संख्या भएको चिकित्सकहरु बताउँछन् ।

भेरी अस्पतालमा कार्यरत नर्स वसुन्धरा ज्ञवालीले बाहिर लिंग पहिचान गराइ गर्भपतन गराउन आउनेको संख्या अस्पतालमा कमै भएको बताइन् । तर पहिलो सन्तानमा विभेद नभए पनि पहिलो सन्तानपछि छोराको चाहना राख्ने दम्पती धेरै हुने गरेको उनको भनाइ छ । सहजै भिडियो एक्सरे गर्न सकिने सुविधाले पनि लिंग पहिचान र गर्भपतन बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार १७२ जनामा कोरोना पुष्टि

१३ माघ २०७८, बिहीबार १५:२७
नेपालगञ्ज : बाँकेमा बिहीवार थप एक सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ८२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ९२ जनाको नमुना जाँच गर्दा ५९, मेडिकल कलेज कोहलपुरमा ६३ जनाको […]