जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अमर प्रहरी स्मारक निर्माण हुँदै

सदरलाइन संवाददाता २० आश्विन २०७७, मंगलवार ११:११
 


नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँके परिसर भित्र अमर प्रहरी स्मारक निर्माण हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा शिलन्यास गरे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जिल्ला प्रहरी कार्यालयमा प्रहरी स्मारक नभएको भन्दै अमर प्रहरी परिवारको लामो समयदेखिको गुनासोलाई यो शिलन्यास पछि निर्माण हुने स्मारकले सम्बोधन गर्ने आफुले विश्वास लिएको बताए ।

बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले आफु जिल्लामा आउदा अमर अशक्त प्रहरी संगठन, पूर्व प्रहरी संगठनका पदाधिकारी तथा परिवारसंगको भेटमा प्रहरी स्मारक नभएको गुनासो आएपछि सम्बोधन गर्ने प्रयास गरिएको बताए ।

उनले यसको लागि बजेट नभएपनि पूर्व प्रहरी संगठन तथा अमर अशक्त प्रहरी संगठनलाई माया गर्नेहरुबाट सहयोग संकलन गरी निर्माण गर्न लागिएकोले सबै बाहलवाला, पूर्व प्रहरी तथा अमर अशक्त प्रहरी परिवारबाट हातेमाले गर्न आव्हान समेत गरे ।


अमर प्रहरी परिवारका तर्पmबाट स्मारक निर्माण समितिका संयोजक बसन्ता जोशीले लामो समयदेखिको आफुहरुको माग सम्बोधन हुन लागेकोमा अत्यन्तै खुशी लागेको बताईन । उनले अमर प्रहरी स्मारक निर्माणको लागि आफुहरुको पूर्ण सहयोग हुने प्रतिबद्धता जनाईन ।

जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अमर प्रहरी स्मारक निर्माण संगै यस वर्षको प्रहरी दिवश पनि जिल्ला प्रहरी कार्यालय परिसरमा नै मनाउने गरी तयारी अगाडि बढाईएको छ । सो अवसरमा बाँकेका प्रहरी नायव उपरिक्षक सुवाश खड्का, राष्ट्रिय अनुसंन्धानका नरेन्द्रराज गिरि तथा पूर्व प्रहरी एवम अमर अशक्त प्रहरी संगठनका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Next Post

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुवाङ कायम

२० आश्विन २०७७, मंगलवार ११:११
नेपालगञ्ज : प्रदेश ५ को राजधानी दाङको भालुवाङ कायम भएको छ । भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णय दुइतिहाई बहुमतले पारित भएको हो । मंगलवार प्रदेश सभामा भएको मतदानमा पक्षमा ६९ विपक्षमा १३ मत परेको छ । ५ जना अनुपस्थित भएका थिए । यस्तै प्रदेश ५ को […]