नेपालगञ्ज वाकाथनको टिसर्ट सार्वजनिक

सदरलाइन संवाददाता २१ मंसिर २०७८, मंगलवार १९:०९
 

नेपालगञ्ज  :  भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा हुने ‘भ्रष्टाचारबिरुद्ध नेपालगञ्ज वाकाथन’को अफिसियल टिसर्ट सार्वजनिक गरिएको छ ।

नेपालगञ्ज वाकाथनको लोगो र भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने सन्देश उल्लेखित रहेको टिसर्ट बास नेपालका अध्यक्ष रमेश सिटौला, उपााध्यक्ष लुना बुढाथोकी, महासचिव शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले टिसर्ट सार्वजनिक गरेका हुन् ।
आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।
सोही दिवसको अबसरमा बास नेपालले नेपालगञ्ज वाकाथन गर्ने निर्णय गरेको हो ।


भ्रष्टाचारबिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यका साथ आयोजना गर्न थालिएको नेपालगञ्ज वाकाथनको नारा भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने रहेको छ ।

वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरु भई धम्बोझि चौक, न्यूरोड, सेतु बिक चौक हुँदै बौद्ध गुम्वा न्यूरोड अगाडी अगाडि गएर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिने सूचना अधिकारी हेमराज भट्टले जनाएका छन् ।

नेपालगञ्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्सिय समिति सक्रियताका साथ कार्य गरिरहेका छन् । कार्यक्रममा सहभागि हुन बास नेपालले सबै क्षेत्र, बर्गका व्यक्तिहरुलाई आग्रह गरेको छ भने सहकार्यका लागि समेत सबै सरोकारवालाहरुसँग अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एक पुरुषको मृत्यु

२१ मंसिर २०७८, मंगलवार १९:०९
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–७ बर्दियाका ४० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । ती पुरुषलाई मंसिर ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होमआइसोलेसनमै बसेका थिए । अवस्था जटिल बनेपछि मंगलवारमात्रै भेरी […]