सोमवारदेखि खजुरामा खुल्ला फुटबल प्रतियोगिता हुँदै

सदरलाइन संवाददाता २ आश्विन २०७९, आईतवार १६:२७
 

खजुरा (बाँके) : खजुरा युवा क्लबको आयोजनामा असोज ३ गतेदेखि खजुरामा ‘शहिद सेतु बिक स्मृति कप २०७९’ खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

संबिधान दिवसका अवसर पारेर दोस्रो जन आन्दोलनमा सहादत प्राप्त शहिद सेतु बिकको समझनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

खजुरा युवा क्लबको आयोजनामा खजुराको श्री कालिका मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष राजु कोइरालाले जानकारी गराएका छन् ।


प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने, द्वितीय पुरस्कार २५ हजार पाँच सय नगद, ट्रफि, मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र रहेको क्लबका सचिव उत्सव सिजाली मगरले बताएका छन् ।

साथै प्रतियोगिताको उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक र बढि गोल गर्नेहरुलाई २५ सय नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

उक्त खेलको दर्ता शुल्क ३१ सय रहेको छ । प्रतियोगिताको सम्पुर्ण खेलहरु श्री कालिका मन्दिरको खेलमैदान (जेनिथ इ.बोर्डिङ स्कुल को छेउ) मा खेलाइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि मनाइयो गणेशमान स्मृति दिवस

२ आश्विन २०७९, आईतवार १६:२७
नेपालगञ्ज : आइतवार गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइएको छ । उनको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाइएको हो । नेपाली कांग्रेस बाँकेले आज अपरान्ह ४ बजे गणेशमान चोकमा एक कार्यक्रमको आयोजना गरेको थियो । गणेशमान चोकमा दीप प्रज्ज्वलनको कार्यक्रम गरिएको कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले बताए […]