कैलालीमा डेंगु रोगबाट बिरामीको संख्या १ सय ३२ पुग्यो

सदरलाइन संवाददाता ३० भाद्र २०७९, बिहीबार १४:२३
 

कैलाली : कैलालीमा डेंगु रोगबाट बिरामी हुनेको संख्या १ सय ३२ पुगेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो संख्यामा डेंगुका बिरामी फेलापरेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६६ जना डेंगुका बिरामी फेलापरेका छन् । सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा ७ जनामा डेंगु पुष्टि भएको जनाइएको छ ।


गत आर्थिक वर्ष कैलालीमा १५६ जना डेंगुका बिरामी फेला परेका थिए । यस्तै डेंगुबाट २ जनाको मृत्यु भइसकेको छ । भदौ १४ गते धनगढीको निसर्ग अस्पतालमा उपचारक्रममा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको ज्यान गएको छ ।

यसैगरी टीकापुरकी एक बालिकाको नेपालगञ्ज भेरी अस्पतालमा उपचारक्रममा ज्यान गएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मतदाता प्रभावित पार्न मन्त्रीहरु शिलान्यास र उदघाटनमा व्यस्त

३० भाद्र २०७९, बिहीबार १४:२३
नेपालगञ्ज : चुनाव नजिकिँदै गर्दा संघीय र लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुमा मतदाता प्रभावित तुल्याउन गरि भौतिक पूर्वाधारको सिलन्यास र उदघाटन गर्ने निहुमा जिल्ला दौडाहामा निस्कने होडवाजी नै चलेको छ । बजेटको सुनिश्चितता विना नै सिलन्यास र उदघाटन गरिएको भन्दै जनप्रतिनिधिले बिरोध गरेका छन् । गत भदौ २३ मा संघीय सहरी […]

सम्बन्धित