बाँकेमा आठ जना डिस्चार्ज

; २१ भाद्र २०७७, आईतवार ११:५६
 

नेपालगञ्ज : बाँकेबाट आइतवार ८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । १४ दिने आइसोलेशनमा बसेपछि उनिहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


आइतवार डिस्चार्ज हुनेमा ३ वर्षीय बालिकादेखि ६० वर्ष उमेर समुहका ६ महिला र २ पुरुष रहेका छन् । नेपालगञ्ज, कोहलपुर र नरैनापुरका व्यक्ति डिस्चार्ज भएका हुन् । योसँगै बाँकेबाट डिस्चार्ज हुनेको सँख्या ८ सय २५ पुगेको छ ।

Next Post

बाँके र बर्दियामा ३८/३८ जना संक्रमित थपिए

२१ भाद्र २०७७, आईतवार ११:५६
नेपालगञ्ज : बाँकेमा आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी बर्दियामा पनि ३८ जनामा कोरोना देखिएको छ । यस्तै बाजुरा, झापा, प्युठान र काठमाण्डौका एकएक जनामा संक्रमण भेटिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा […]

सम्बन्धित