क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष मल्लद्वारा पदभार ग्रहण

सदरलाइन संवाददाता २३ भाद्र २०७९, बिहीबार १५:५१
 

खजुरा (बाँके) : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितिका नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गरेका छन् । अस्पतालमा आज एक कार्यक्रमका बिच नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ल, सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पुर्याउने बताए ।


अस्पताल परिसरमा सम्पन्न पदभार ग्रहण कार्यक्रममा अस्पतालका मेसु कृष्ण प्रसाद आचार्य, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफान, अस्पताल बिकास समितिका निवर्तमान अध्यक्ष भक्त बहादुर केसी, नेकपा एसका नेता दल बहादुर सुनार, नेकपा एस बाँके क्षेत्र नम्बर ३ प्रदेश खका संयोजक ऋषि पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार दिनदेखि हराइरहेकी कैलालीकी आस्था मृत फेला

२३ भाद्र २०७९, बिहीबार १५:५१
कैलाली : चार दिनदेखि हराइरहेकी धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छन् । उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए । उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको […]

सम्बन्धित