बाँकेमा मंगलवार १५ संक्रमित थपिए, ४ डिस्चार्ज

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १६:३६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती बैजनाथ र कोहलपुरका हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ६१ पुगेको छ ।


यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ५५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०७ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १७ रहेको छ भने ५ जना भेन्टिलेटरमा छन् । २५ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डल्फिनको संख्या बृद्धि हुँदै

२२ भाद्र २०७८, मंगलवार १६:३६
कैलाली : डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले विगतको तुलनामा डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ । संस्थाका अनुसार यसवर्ष १५ वटा बच्चा सहित ७० डल्फिन गणना गरिएको हो । संस्थाका अध्यक्ष भोजराज ढुंगानाले १३ वटा स्थानमा ३५ जनाले एकसाथ डल्फिन गणना गरेको जानकारी दिए । संस्थाले […]