हलिया मुक्ति घोषणाको १४ वर्ष पूरा, पुनस्र्थापना हुन सकेन

सदरलाइन संवाददाता २१ भाद्र २०७९, मंगलवार १४:१९
 

नेपालगञ्ज : सरकारले हलिया मुक्ति घोषणा गरेको १४ वर्ष पूरा भएको छ । २०६५ साल भदौमा हलिया प्रतिनिधि र सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २१ गते हलिया मुक्ति दिवस मनाउने गरिन्छ ।

सरकारले सहमति र प्रतिबद्धता गरेअनुसार हलिया पुनस्र्थापनाको काम भने हुन सकेको छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार पुनःस्थापनाको पर्खाइमा छन् ।


नौ प्रतिशत मुक्त हलियाले पुनःस्थापनाका लागि अन्तिम किस्ता रकम पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशका नौ र कर्णाली प्रदेशका तीन गरी १२ जिल्लामा प्रमाणीकरणमा परेका मुक्त हलिया १६ हजार ९ सय ५३ रहेका छन् ।

तीमध्ये अहिलेसम्म १३ हजार ५ सय ४६ घरघुरीले पुनःस्थापन प्याकेज प्राप्त गरेका छन् । ३ हजार ४ सय ७ परिवार अझै पुनःस्थापनको पर्खाइमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको नापी र मालपोत सञ्चालन हुन सकेन

२१ भाद्र २०७९, मंगलवार १४:१९
नेपालगञ्ज : बाँकेको कोहलपुरमा स्थापना गरिएको नापी र मालपोत कार्यालय पूर्वाधार र कर्मचारी अभावमा सञ्चालनमा आउन सकेको छैन । नापी र मालपोत कार्यालय स्थापनाको खवर पाएपछि सेवा लिन पुगेका सेवाग्राहीहरु भने रित्तो हात फर्किन बाध्य भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा […]