एसके डेरी ईण्डस्ट्रिज नेपालगञ्जको ‘रोयल च्वाईस’ ब्राण्डको आईसक्रिम बजारमा

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १९:०५
 

नेपालगञ्ज :  आईसक्रिमका पारखीका लागि एसके डेरी ईण्डस्ट्रिज प्रालि नेपालगञ्ज–२२ पुरैनीले रोयल च्याईस ब्राण्डमा विभिन्न ८ प्रकारका स्वादका आईसक्रिम उत्पादन गरी बजारमा पठाएको छ ।

ईण्डस्ट्रिजका निर्देशक सन्तोष पोखे्रलले ईण्डस्ट्रिज स्थापनाको छोटो समयमा उपभोक्ताको मन जित्न सफल भएको दाबी गर्दै आफ्ना उत्पादन गुणस्तरिय भएको दाबी गरे ।

रोयल च्वाईस ब्राण्डमा १० रुपैयादेखि ९ सय रुपैयसम्म बिक्रि मूल्यका बिभिन्न स्वाद र साईजमा बजारमा बितरण हुँदै आएको आफ्नो उत्पादनले भारतीय नाम चलेका उत्पादनलाई समेत पछि पार्दै आएको उनको दाबी समेत छ ।


उनले ईण्डस्ट्रिजले बाँके बर्दियाका विभिन्न ८ वटा संकलन केन्द्रबाट दैनिक ३ हजार लिटर दुध संकलन गरी बाँकेको नेपालगञ्ज, कोहलपुर, तथा दाङ्गमा दैनिक रुपले दुध पठाउने गरेको जानकारी दिए । उनले ईण्डस्ट्रिजले एकदिन बिराएर जुम्ला समेत दुध पठाउने गरेको बताए ।

उनले दुधको अभाव, विद्युत सप्लाईको अनियमितताको कारण उत्पादनमा समस्या हुने गरेको बताए । उनले उपभोक्ताले गुणस्तरिय उत्पादनको प्रयोगमा ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिए । उनले भने–‘ राम्रो प्याकेजिङ्ग र प्रोसेसिङ्ग नभएको दुध खरिद गरेर उपभोक्ताले गुणस्तरमा ज्यान दिन सक्नु भएको छैन । त्यसको प्रभाव हाम्रो उत्पादन र ईण्डस्ट्रिजलाई पर्ने गरेको छ ।’

निर्देशक पोख्रेलले ईण्डस्ट्रिजले ३५ जनालाई बिभिन्न तहमा रोजगारी दिएको बताए । उनले दक्ष प्राविधिकको अभाव रहेको कुरामा जोड दिदै आगामी दिनमा छुर्पी र चिजको उत्पादनमा आफुहरुको ध्यान केन्द्रित रहने बताए ।

हाल दुध, आईसक्रिम, दही, मही, बटर, ध्यु, पनिर उत्पादन गर्दै आएको ईण्डस्ट्रिजले निकट भविश्यमै चिज र छुर्पीको समेत उत्पादन गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा कुलोले बगाउँदा एक महिलाको मुत्यु

१६ भाद्र २०७९, बिहीबार १९:०५
दाङ : दाङमा कुलोले बगाउँदा एक महिलाको मुत्यु भएको छ । मुत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–६ की ४७ वर्षीया सीता बस्नेत भण्डारी रहेकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लका अनुसार उनी ऋषी पञ्चमीको पुजा सकेर फर्कदै गर्दा घर नजिकै रहेको गौरीगाउँको कुलोमा चिप्लीएर लडेकी थिइन् । झरीका […]

ताजा अपडेट