कोरोनाबाट भेरी अस्पतालमा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २४ श्रावण २०७८, आईतवार १४:०८
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दुईजना पुरुष र एकजना महिलाको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमणका कारण लुङग्री गाउँपालिका ६ रोल्पाका ५८ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका १५ दाङका ४५ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १० सुर्खैतका ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।


रोल्पाका पुरुषलाई असार २९ गते कोभिड पुष्टि भएको थियो । अस्पतालमा उपचारका लागि असार २८ गते नै भर्ना भएका उनको शनिवार राती २ बजे मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोलाले बगाउँदा सल्यानमा एक बालकको मृत्यु

२४ श्रावण २०७८, आईतवार १४:०८
सल्यान : सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ । खोलाले बगाउँदा सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले बगाउँदा बालककी ३२ वर्षीया आमा दिलसरा वली घाइते भएका छन् । शनिवार बेलुका गोठालोबाट घर फर्किँदै गर्दा गोगनपानीमा चोरपाटा खोलाले आमा […]