अपाङ्गताका सवाललाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता

सदरलाइन संवाददाता १३ चैत्र २०७९, सोमबार १३:१५
 

कोहलपुर (बाँके) : अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिने कोहलपुरका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

सिविएम ग्लोबलको सहयोग तथा अपाङ्गता सशक्तिकरण एवम् संचार केन्द्र डेक नेपाल बाँकेको आयोजनामा समावेशी समुदाय परियोजना अन्तर्गत पालिकाका जनप्रतिनिधिलाई समुदायमा आधारित समावेशी समुदाय विकास सम्वन्धि दुई दिने तालिममा सहभागी जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिएर उनीहरुको दैनिक र जिविकोपार्जनमा पनि सहजता ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी विकको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा वडातहबाट कामहरु भइरहेपनि अझै त्यसलाई प्रभावकारी बनाएर लैजानु पर्ने आवश्यकता समेत औल्याएका थिए ।


अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिने सवालमा घर परिवार, समाज र राज्य अझै पनि संवेदनशील हुन सकेको देखिदैन । अपाङ्गता भएका व्यक्तिहरुले के नै गर्न सक्छन् र ? भन्ने मान्यतालाई जनप्रतिनिधिले पनि चिर्न जरुरी रहेको डेक नेपालका कार्यक्रम संयोजक जीवन गिरीले बताए ।

कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष बद्री जैशी, २ का वडा अध्यक्ष हरिसिंह कठायत, ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ६ का श्रीकृष्ण थारु, ७ का ठक्का थारु, ८ का लालबहादुर राना, ९ का ओपेन्द्र नाथ योगी, १० का गौरा भट्टराई, १२ का वीरेन्द्र कुमार शाह र १३ का डम्वर खड्कालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा जोड

१३ चैत्र २०७९, सोमबार १३:१५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा समावेशी जीविकोपार्जनको लागि स्थानीय सरकार र सेवा प्रदायकबीच छलफल गरिएको छ । सिविएम ग्लोबलको सहयोग तथा अपाङ्गता सशक्तिकरण एवम् संचार केन्द्र डेक नेपाल बाँकेको आयोजनामा भएको छलफलमा कोहलपुरका जनप्रतिनिधि, सहकारी, लघुवित्त, पालिकास्तरीय संजालका सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक पारस विकले जानकारी दिए । त्यसक्रममा […]

सम्बन्धित