नेपालगञ्ज : गर्मी बढेसंगै नेपालगञ्जका अस्पतालहरुमा पनि विरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज, रामजानकी, वेष्र्टन लगायतका अस्पतालमा विरामी मौषमी विरामी देखा परेका छन् ।
गर्मीसँगै ज्वरो, झाडा पखाला, टाउको र पेट दृख्ने, रिगटा लाग्ने, वान्ता आउने लगायतका विरामी आउन थालेका छन् । अस्पतालमा उपचारमा आउने विरामीको संख्या समेत वृद्धि भएको छ ।
त्यस्तै मौसम परिवर्तनसंगै रुघाखोकी तथा ज्वरोका विरामीहरु अस्पतालमा धेरे आउने गरेको भेरी अस्पतालले जनाएको छ । अस्पतालमा छाला, एलजी, रुघाखोकी र ज्वरोका विरामीहरु बढेको चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुले गर्मीयाममा जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा पानी पिउन सुझाव दिएका छन् ।