सदरलाइनडटकम
५ कात्तिक, नेपालगन्ज : आगमाी मंसिर २१ मा हुने प्रदेस सभा र संघको निर्वाचनको तिथि नजिकिदै गर्दा चुनावी कौतुहलता निक्कै बढेको छ । विभिन्न पार्टीबाट चुनावमा टिकट पाउने दावीका साथ एक निर्वाचन क्षेत्रका करिव दर्जनको दरल नेताहरु केन्द्रमै धर्ना दिएर बसेका छन तर, बाँके नेपालगन्जका मुस्लिम नेता भने आफुले गरेको पार्टीको काम र योगदानको मुल्याङ्कन हुने आशामा केन्द्रमा नगई टिकट पाउने आशामा छन् ।
समाजमा सामाजिक सद्भाव कायम गर्ने कार्यमा होस वा शिक्षाको ज्योति छर्ने काममा किन नहोस नेपालगन्ज ईदगाह रोडका मौलाना अब्दुल जब्बार मञ्जरी अग्रपङ्गतीमा पर्ने व्यक्तित्व हुन । उनी पनि चुनाबी दौडमा छन् । उनका समकक्षि सबै नेताहरु यतिबेला काठमाण्डौमा धर्ना दिएर बसेका छन् तर उनी भने जनताको काममै जिल्लामै व्यस्त छन् ।
पूर्वी नेपालको महोत्तरीमा जन्मेर कर्मथलो नेपालगन्जलाई बनाएका मौलाना आफ्नो उर्जावान समय नेपालगन्जका मुस्लिम समुदायका बालबालिकाको शिक्षामा खर्चे । मदरसा दारुल उलुम बरकातिया माध्यमिक विद्यालयका संस्थापक समेत रहेका मौलाना एमाले नेता समेत हुन । मौलाना लामोसमय समाज सेवामा लागेको कारण ईन्सेकद्वारा स्थापित गरिएको प्रकाश मानवअधिकार पुरुस्कार विजेता हुन ।
एमालेको भात्रृ संगठन नेपाल मुस्लिम ईत्तेहाद संगठनका संस्थापक केन्द्रीय उपाध्यक्ष समेत रहेका मौलानाले पार्टीको संगठनलाई आफ्नो समुदायमा विस्तार गर्नको लागि अहम भूमिका निभएका छन् । २०६४ सालमा समानुपातिकमा सिफारिस भएको भए पनि अन्तिम अवस्थामा उनी पछाडि परेका थिए ।
नेपालगन्ज खासगरी नेपाली मुस्लिम समुदायको बीचमा आफ्नो छुट्टै छबी बनाउन सफल नेता, शिक्षाविद् र समाजिक कार्यक्रर्ताको भूमिकामा उनी सक्रिय हुन रुचाउछन् । तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेको बेलामा राजाको कदमको बिरुद्धमा सार्वजनिक रुपमा विरोध गर्ने पहिलो मुस्लिम नेताको भएको दावी गर्छन ।
‘यसपटक संघका प्रत्यक्ष नै उम्मेदवार बन्ने सोचाई थियो पार्टीले स्वतन्त्र राजनीतिक समूहसंग तालमेल गरेको कारण संघको समानुपातिकको लागि उम्मेदवारी दावी गरेर पठाएको छु’–उनले सदरलाइनसंग कुरा गर्दै भने–‘सुन्दैछु पार्टीका जिल्ला र जिल्लाबाट केन्द्रमा नेतृत्व गर्नेहरुले मेरो नाम सिफारिस नै नगरि पठाए भनेर । उम्मेदवारीको लागि आवश्यक पर्ने सबै कुरा राखेर पार्टीमा दिएको हुँ ।’