बाँकेमा बिहीवार १०७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ माघ २०७८, बिहीबार १६:२९
 

नेपालगञ्ज : बाँकेमा बिहीवार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ र बागेश्वरी ल्यावमा २९ नमुना जाँच गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७९ जना छन् । पछिल्लो दिनमा नेपालगञ्ज हटस्पट बनेको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९ सय २९ पुगेको छ ।

यस्तै बिहीवार थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ९ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

नेपालगञ्ज र कोहलपुर बन्यो कोरोना ‘हटस्पट’, ११६ जनामा पुष्टि

६ माघ २०७८, बिहीबार १६:२९
नेपालगञ्ज : नेपालगञ्ज र कोहलपुर क्षेत्र कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो तीन दिनदेखि बाँकेमा एक सय भन्दा बढीमा भाइरस संक्रमण पुष्टि भइरहेको छ । ती अधिकांश नेपालगञ्ज र कोहलपुर क्षेत्रका संक्रमित हुन् । आजपनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा […]