दाङमा कुलोले बगाउँदा एक महिलाको मुत्यु

सदरलाइन संवाददाता १७ भाद्र २०७९, शुक्रबार १३:११
 

दाङ : दाङमा कुलोले बगाउँदा एक महिलाको मुत्यु भएको छ । मुत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–६ की ४७ वर्षीया सीता बस्नेत भण्डारी रहेकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लका अनुसार उनी ऋषी पञ्चमीको पुजा सकेर फर्कदै गर्दा घर नजिकै रहेको गौरीगाउँको कुलोमा चिप्लीएर लडेकी थिइन् । झरीका कारण कुलोमा पानी धेरे भएकाले कुलोले उनलाई बगाएर एक किलोमिटर पुर्याएको थियो ।


लगतै प्रहरी र स्थानीयले घटनास्थलमा पुगेर उनको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्याएका थिए । अस्पताल लगे लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाकिस्तानमा रेल दुर्घटनामा परी १९ मृत्यु, एक हजार २५६ घाइते

१७ भाद्र २०७९, शुक्रबार १३:११
काठमाण्डौ : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि […]