बाँकेमा कोरोनाका ५ संक्रमित थपिए, १६ जना डिस्चार्ज

सदरलाइन संवाददाता १२ भाद्र २०७९, आईतवार १४:५१
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ जनाको नमूना परीक्षण गर्दा १ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना र राप्तीसोनारी गाउँपालिकामा ३ गरी ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै बाँकेका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३८ पुगेको छ । यस्तै आइतवार थप १६ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९५३ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३२ जना रहेको वलीले बताए ।


एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा उपचार भइरहेको छ भने ३१ जना होमआइसोलेशमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अतिक्रमित क्षेत्र खाली गराउन उपमहानगरपालिद्वारा छलफल

१२ भाद्र २०७९, आईतवार १४:५१
नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउने भएको छ । उपमहानगरका विभिन्न स्थानमा अतिक्रमणमा परेका क्षेत्रलाई खाली गराउन सार्वजनिक सूचना दिइने नगर प्रमुख प्रशान्त विष्टले बताए । नेपालगन्ज उपमहानगरपालिकामा आइतबार नेपालगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, प्रहरी, ट्राफिक प्रहरी, सञ्चारकर्मीसँगको छलफलमा नगर प्रमुख विष्टले सबैभन्दा पहिला फुटपात क्षेत्र खाली गराउने […]

सम्बन्धित