नेपालगञ्ज १४ मा घरघरमा स्वास्थ्य परामर्श

सदरलाइन संवाददाता २९ बैशाख २०७८, बुधबार १७:१६
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि स्वास्थ्यकर्मीसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । वडा अध्यक्ष ओमकारनाथ मिश्राको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ ।


कोभिड संक्रमित बाहेक कोभिडको लक्षण देखिएका र परीक्षण नगराएका घरमा समेत टोलीले आवश्यक परामर्श दिईरहेको छ । वडाका सम्पूर्ण टोल वस्तीमा पुगेर स्वास्थ्य परामर्श दिइने अध्यक्ष मिश्राले बताए । स्वास्थ्यकर्मीहरुको सिफारिसमा आवश्यक औषधी वडाले निशुल्क पनि उपलब्ध गराईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीको इमरजेन्सी वार्डसमेत संक्रमितले भरिभराउ

२९ बैशाख २०७८, बुधबार १७:१६
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको इमरजेन्सी वार्डसमेत कोरोना संक्रमितले भरिएको छ । इमरजेन्सी वार्डमा मात्र १४ जना कोरोना संक्रमित उपचाररत रहेको भेरी अस्पतालले जनाएको छ । इमरजेन्सी वार्डमा उपचाररत अन्य विरामीमा पनि कोरोना संक्रमण लक्षण भएका विरामी रहेको एक स्वास्थ्यकर्मीले बताए । त्यसैगरि, इमरजेन्सी वार्ड बाहिर रहेको ज्वरो क्लिनिक पनि […]