नेपाली काङ्ग्रेस बाँकेमा ब्यापक असन्तुष्टी चुनावको संघारमा धमाधम पार्टी छोड्दै नेताहरु

२७ जेष्ठ २०७४, शनिबार १९:४८
 

सदरलाइनडटकम  
२७ जेठ, नेपालगन्ज : स्थानीय तहको निर्वाचनको संघारमा नेपाली काङ्ग्रेस बाँकेमा तीव्र असन्तुष्टी देखिएको छ । पार्टीभित्रको आन्तरिक बिवाद र असन्तुष्टीका कारण पार्टीका विभिन्न नेताले एकपछि अर्को गर्दै पार्टी परित्याग गर्न थालेका छन् ।
नेपाली काँग्रेस बाँकेका प्रभावशाली नेताको रुपमा रहेका अमर खड्का पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । खड्का औपचारिक कार्यक्रम गरी समर्थक सहित माओवादी केन्द्रमा प्रवेश गरेका थिए । खड्का समर्थकहरु गौरब श्रेष्ठ, बिक्रम शाही, दीपक केसी, शम्भु बुढाथोकी, शंकर बुढाथोकी, बिष्णु चिडिमारसहितको समूहसहित माओवादी केन्द्रमा प्रवेश गरेको हो ।
नेपाली काँग्रेस बाँकेको निवर्तमान संगठन विभाग प्रमुख रहेका खड्का हाल महासमिति सदस्य हुन । खड्काले रुपान्तरणको अगुवाई माओवादी केन्द्रले मात्रै गर्न सक्ने भएका कारण काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
नेपाली काँग्रेस बाँकेका पुर्ब सचिव विजय यादव, बनकट्टीका नेता शिवकुमार बर्मापछि खड्काले नेपाली काँग्रेस परित्याग गरे । यादव संघीय समाजवादी फोरम, बर्मा एमालेमा केही दिनअघि प्रवेश गरेका छन् । पार्टी परित्याग गरेका यादव फोरमबाट डुडुवा गाउँपालिकाको अध्यक्ष र बर्मा एमालेबाट डुडुवा बनकट्टीको वडा अध्यक्षका उम्मेद्धार बनेका छन ।
नेपाली काँग्रेसबाट २०४८ सालको संसदिय निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संसद सैय्यद मेराज अहमद साह, महासमिति सदस्य रिजवान अहमद साह, इस्तियाक अहमद साहलगायतका संघीय समाजबादी फोरम नेपाल प्रवेश गरेका छन् ईस्तियाक संघीय समाजबादीबाट नरैनापुरबाट प्रमुखको उम्मेदवार बनेका छन् ।
खड्कालाई माओवादी केन्द्रका नेता महेश्वर गहतराज, आईपी खरेल, दामोदर आचार्य, अतहर हुसेन लगायतले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेलले केहीदिन भित्रै पार्टीको बैठक बसी खड्कालाई उचित जिम्मेवारी दिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेसबाट नेपालगन्जमा डा.कनोडिया कोहलपुरमा भानुभक्त

२७ जेष्ठ २०७४, शनिबार १९:४८
सदरलाइनडटकम   २७ जेठ, नेपालगन्ज  : नेपाली काँग्रेस बाँकेले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लागएको छ । काँग्रेसबाट डा. सुरेश कुमार कनोडियाले नेपालगन्ज उपमहानगरपालिका र भानुभक्त भट्टराईले कोहलपुर नगरपालिकाको मेयरको उम्मदवार बनाउदै जिल्लाका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो । नेपाली काँग्रेस बाँकेका जिल्ला कमिटी […]

सम्बन्धित