काँग्रेस क्षेत्रनं १ ले बिपी जयन्तीमा निशुल्क दन्तशिविर सञ्चालन

सदरलाइन संवाददाता २७ भाद्र २०८१, बिहीबार १४:२३
 

राप्तीसोनारी (बाँके) :  बिपी कोईरालाको १११औ जन्मजयन्तीको अवसर परेर नेपाली कांग्रेस बांके क्षेत्रनं १ को आयोजनामा राप्तीसोनारी अस्पतालमा ‘निशुल्क एक दिने दन्त शिविरको’ आयोजना गरिएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राबिधिक सहयोग र राप्तीसोनारी गांउपालिकाको सहकार्यमा सम्पन्न शिविरमा करीव दुई सय जना सर्वसाधारणले सेवा लिएका थिए । क्षेत्रीय समिति स्वास्थ्य शाखा संयोजक अन्जु न्यौपानेको सभापतित्वमा सम्पन्न निशुल्क दन्त शिविरको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बांकेका सभापति नारायणप्रसाद गौडेलले उदघाटन गरेका थिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य स्वास्थ्यकर्मी रामबहादुर मल्लले संयोजन गरेको दन्त शिविर उदघाट्न समारोहमा नेपाली कांग्रेस बांके क्षेत्र नं १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिबेशन प्रतिनिधि लाहुराम थारू,नेपाली कांग्रेस प्रदेश “क“का सभापति अम्बर बहादुर बुढाथोकी र राप्तीसोनारी नेपाली कांग्रेस सभापति भिम बहादुर राना लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।


नेपाली कांग्रेस बांके क्षेत्र नं १ कार्यसमितिको पुर्ण बैठक पार्टीका सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न बैठकले केन्द्रीय समितिको निर्णयानुसार आगामी असोज १ गतेदेखि शुरू हुने १०० दिने पार्टी सुदृढिकरण अभियानसंगै क्षेत्रीय कार्यसमितिले पनि प्रत्येक टोलमा गई कांग्रेसको संगठनलाई मजबुत बनाउने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी सोही बैठकले स्थानीय जनताहरूसंग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या बुझ्ने र समस्या समाधान गर्ने तर्फ पहलकदमी लिनका लागि “टोल टोल“मा कांग्रेस अभियान संचालन गर्ने निर्णय गरेको छ।त्यसैगरी बैठकले असोज महिना भित्र क्षेत्रीयस्तरको आवासिय प्रशिक्षण कार्यक्रम संचालन गर्ने, क्षेत्र भित्र रहेका स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरू र पार्टीका बिच अन्तरकृया कार्यक्रम गर्ने, संबिधान दिवसको अवसरमा संबिधान संशोधनको आवश्यकता र पार्टीको भुमिका बिषयक अन्तरकृया कार्यक्रम गर्ने तय गरेको छ ।

सोही बैठकले १११औ बि.पी.जन्मजयन्तीका अवसरमा यसै हप्ता नरैनापुर गांउपालिकामा पनि निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी बैठकले अहिलेसम्म पनि कृयासिल सदस्यता नविकरण फाराम क्षेत्रमा नआएको प्रति गम्भिर चिन्ता र चासो ब्यक्त गर्दै अविलम्ब कृयासिल सदस्यता फाराम पठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिने निर्णय पनि गरेको क्षेत्रीय सभापति केसेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारीका अध्यक्ष बस्नेतमाथिको प्रहरी धरपकडको प्रयास चौतर्फि आपत्ति

२७ भाद्र २०८१, बिहीबार १४:२३
काठमाण्डौ :  जनता टाईम्स अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाईम्सका सम्पादक गणेश बस्नेतलाई प्रहरीले आज धरपकड गर्दै जबर्जस्ती पक्राउ गर्न खोजेको प्रति पत्रकार निकट संघसंस्थाहरुले गम्भीर आपत्ति जनाएका छन् । काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको […]