अतिक्रमित क्षेत्र खाली गराउन उपमहानगरपालिद्वारा छलफल

सदरलाइन संवाददाता १२ भाद्र २०७९, आईतवार १६:१६
 

नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउने भएको छ । उपमहानगरका विभिन्न स्थानमा अतिक्रमणमा परेका क्षेत्रलाई खाली गराउन सार्वजनिक सूचना दिइने नगर प्रमुख प्रशान्त विष्टले बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा आइतबार नेपालगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, प्रहरी, ट्राफिक प्रहरी, सञ्चारकर्मीसँगको छलफलमा नगर प्रमुख विष्टले सबैभन्दा पहिला फुटपात क्षेत्र खाली गराउने तयारी रहेको बताए । त्यसपछि अटो रिक्सा तथा ठेला ब्यवस्थापनको काम थालिने उनको भनाई छ ।

यस्तै उपमहानगर क्षेत्रभित्र रहेका सरकारी जमिन खोजविन गरेर संरक्षण पनि गर्ने तयारी रहेको नगर प्रमुख विष्टको भनाई छ । उपमहानगर भित्र ट्राफिक ब्यवस्थापन सम्बन्धी समस्या दिन प्रतिदिन थपिदै गएकाले समयमै समाधान गर्न आवश्यक रहेको उनको जोड छ । नगर उपप्रमुख कमरुद्दिन राईले सबै मिलेर उपमहानगर भित्र देखा परेका समस्या समाधान गर्नुपर्ने बताए ।


सो क्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जिवी ओलीले फुटपात, ठेला र अटोरिक्सा ब्यवस्थापन कार्यमा आफुहरुको पूर्ण रुपमा साथ रहने विश्वास दिलाए ।

‘फुटपात, ठेला र अटोरिक्सा ब्यवस्थापन गर्नुभन्दा पहिले उहाँहरुलाई जानकारी दिउ, त्यसपछि पनि नमानेपछि कानुन बमोजिम प्रक्रिया अगाडी बढाउँदा हाम्रो आपत्ती हुदैन,’ अध्यक्ष मन्सुरीले भने ।

त्यस क्रममा जिल्ला ट्राफिक प्रमुख हिमालय शाह र वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्जले सबैको इच्छा शक्ती भएमा फुटपात, ठेला र अटोरिक्सा ब्यवस्थापन गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयको अवरोध

१२ भाद्र २०७९, आईतवार १६:१६
नेपालगञ्ज : बाँकेको कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयले अवरोध गरेका छन् । मेयर पूर्ण प्रसाद आचार्यको नेतृत्वमा अतिक्रमित संरचना हटाउन डोजरसहित पुगेको टोलीलाई स्थानीयले भरपर्दो विकल्पको माग गर्दै अवरोध गरेपछि तनाव सिर्जना भएको छ । कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली बिहानैदेखि […]