गोवर्धन धाम मन्दिरमा लगाइएको भारतको झण्डा हटाइयो

सदरलाइन संवाददाता १२ भाद्र २०७९, आईतवार १३:४८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको निर्देशनमा राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको सिमानामा पर्ने अम्माखोली गोवर्धन धाम मन्दिरमा लगाइएको छिमेकी मुलुक भारतको राष्ट्रिय झण्डा हटाइएको छ ।

एक्कासी उक्त मन्दिरमा भारतको राष्ट्रिय झण्डा लगाइएको जानकारी आए पश्चात् अध्यक्ष पौडेलले राप्तीसोनारी तरुण दल वडा नम्बर ४ का सचिव डम्बर शाहीलाई तत्काल उक्त झण्डा हटाई नेपालको राष्ट्रिय झण्डा फहराउन निर्देशन दिएका थिए ।


अध्यक्ष पौडेलको निर्देशन पश्चात् सचिव शाहीको टोली पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएको थियो । वर्तमान समयमा गोर्वद्धन धाम मन्दिरमा दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँबाट हिन्दु धर्मका थुप्रै भक्तजनहरु आउने गर्दछन् ।

उक्त मन्दिरमा भारतको राष्ट्रिय कहिले र कसले लगायो भन्ने अहिलेसम्म जानकारी बाहिर नआएपनि अहिले मन्दिरमा नेपालको झण्डा फहराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

१२ भाद्र २०७९, आईतवार १३:४८
नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट दोषी भइ फरार कोहलपुर नगरपालिका–१४ निवासी २७ वर्षीय भरत दरैलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । दरैलाई जिल्ला अदालतले गएको असोज ४ गते ३ महिना १२ दिन कैद र पाँच सय […]