छुट्टाछुट्टै स्थानबाट चरेश र अबैध सूर्तीसहित पाँच पक्राउ

४ फाल्गुन २०७५, शनिबार २२:२१
 

सदरलाइनडटकम, 
नेपालगञ्ज डेस्क  : पाँच नंं.प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ अपराध अनुसन्धान समुह ब्यूरोको प्रहरी टोलिले बुटवल उप–महानगरपालिका वडा नं. ९, नयाँ बसपार्कबाट शनिबार बेलुका ६ बजेको समयमा करिव ३० किलो लागू औषध चरेशसहित ३ जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले आलुको बोरा भित्र लुकाई छिपाई ओसार पसार गर्दै गर्दा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं.७, मकवानपुरका ३५ बर्षिय राजकुमार स्याङ्ताङ, सोही ठेगाना भएका १९ बर्षिय शंकर वाईबा र सोही नगरपालिका वडा नं. ९ का ३७ बर्षिय इन्द्रमान तामाङ रहेका छन ।
चरेश सहित नियन्त्रणमा परेका उनीहरुलाई मुचुल्का गरि इलाका प्रहरी कार्यालय बुटवलमा बुझाउने तैयारी भइ रहेको ब्युरोले जनाएको छ ।
यसैगरी सोही टोलीले शनिबार दिउँसो मात्रै कपिलवस्तुबाट अबैध सुर्तीसहित पिकअप बोलेरो गाडी र २ जनालाई नियन्त्रणमा लिएको थियो । सो टोलीले कपिलबस्तु मायादेवी गाउँपालिका–१ बरोमहया पकमडचोकबाट लु १ च ५२२६ नं.को सेतो बोलेरो पिकअप गाडी चेकजाच गने क्रममा अन्दाजी दुई लाख नौ सय पर्ने जम्मा ८२० केजी सुर्तीसहित चालक, मजल्ला रुपन्देही गैडहवा गाउँपालिका–२ जोगडा बस्ने बर्ष २४ को समर्कुल रहमान र कपिलवस्तु मायादेवी गाउँपालिका– ६ बकुला बस्ने बर्ष २२ को बिनोद हरजनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Next Post

अवैध चल्लासहित कोहलपुरमा दुई पक्राउ

४ फाल्गुन २०७५, शनिबार २२:२१
सदरलाइनडटकम, नेपालगञ्ज : अवैध बोइलर कुखुराका चल्लासहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोलीले आईतवार विहान कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो […]