लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १२ भाद्र २०७९, आईतवार १३:५७
 

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट दोषी भइ फरार कोहलपुर नगरपालिका–१४ निवासी २७ वर्षीय भरत दरैलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।


दरैलाई जिल्ला अदालतले गएको असोज ४ गते ३ महिना १२ दिन कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । पक्राउ परेका दरैलाई थप कारवाहीका लागि आइतवार जिल्ला अदालतमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु समुदायले आइतवार धुमधामसँग अट्वारी पर्व मनाउँदै

१२ भाद्र २०७९, आईतवार १३:५७
नेपालगञ्ज : पश्चिम नेपालको तराई र भित्रि मधेसका थारुले अट्वारी पर्व धुमधामसँग मनाउँछन् । दाजु र बहिनी, भाई र दिदिको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाईले विवाहित दिदिबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्य जस्तै मानिन्छ । पश्चिम नेपालका थारुले कृष्ण […]