सल्यानको खलंगादेखि कोहलपुरसम्म सडक स्तरवृद्धिको काम शुरु

सदरलाइन संवाददाता ७ भाद्र २०७९, मंगलवार १५:३१
 

नेपालगञ्ज : गाडी चल्न थालेको २० वर्षपछि सल्यानको खलंगादेखि नेपालगञ्ज आउन लागि सबैभन्दा छोटो पर्ने खलंगा–मार्के–कालिमाटी–घुइँयाबारी–चप्परगौरी–कोहलपुर सडक स्तरवृद्धि तथा कालोपत्रको काम शुरु गरिएको छ ।

संघीय सरकारले झन्डै ४० करोड बजेट विनियोजन गरेपछि स्तरवृद्धि तथा कालोपत्रको काम शुरु भएको हो । सरकारले ४० करोड विनियोजन गरेपछि सडक डिभिजन कार्यालय दाङले गत असारमा टेन्डर आह्वान गरेको थियो ।


३१ करोड ४० लाखमा सडक स्तरवृद्धि तथा कालोपत्रको काम गर्ने जिम्मेवारी पिके निर्माण सेवा दाङले पाएको थियो । सडक कालोपत्र हुने भएपछि वर्षातको समयमा हिँडेर आउजाउ गर्न पर्ने बाध्यताको अन्त्य हुने भएपछि स्थानीय खुशी भएका छन् ।

स्तरवृद्धि तथा कालोपत्र गरिने सडक ८ मिटर चौडाइका साथ मार्केको नाउला बजारदेखि शारदा नगरपालिका र कालिमाटी गाउँपालिकाको सिमानाको जर्खुसम्म १० किलोमिटर कालोपत्र गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर नारायण दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको संख्या बढ्दै

७ भाद्र २०७९, मंगलवार १५:३१
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको संख्या बढ्दै गएको छ । सरकारले मिटरब्याजी विरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, […]