जनमतको रक्तदानमा उनान्तीस जना सहभागी

३० कार्तिक २०७६, शनिबार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जनमत अर्धसाप्ताहिकद्वारा शनिवार नेपालगञ्जमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिलासहित २९ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्वयंसेवी रक्तदाता, पत्रकार, उद्योग व्यवसायीलगायतले रक्तदान गरेका हुन् । त्रैमासिक रक्तदान कार्यक्रमको ४४ औं श्रृङ्खलामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झना र कार्यक्रम संयोजक पवन जायसवालले दुई जना प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ मा स्वयंसेवी रक्तदाता युवा उद्योगपति डिला शाह, नियमित रक्तदाता नीरजमान श्रेष्ठ, श्वेता शाक्य बज्राचार्य, अमित अग्रवाल, पत्रकार शंकरप्रसाद खनाल, राकेशकुमार मिश्रले सहभागिता जनाएका थिए ।
त्यसैगरि ताराकुमारी रोकाय, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, धर्मेन्द्र सिंह, असफाक संघर्ष, गौतमप्रसाद पौडेल, गुरुदिन यादव, सुरेन्द्र विक, दिपक चौधरी, सञ्जय बढई, होमराज गिरी, गुञ्जा कनमैजिया, युवराज डाँगी, राधा कृष्ण चौधरी, तुलाराम थारुलगायतले रक्तदान गरेको कार्यक्रम संयोजक जायसवालले बताए ।
स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभरलोड’ कम हुने र हृदयघात हुनसक्ने सम्भावना ८८ प्रतिशत कम हुन्छ भने क्यान्सर र मधुमेह रोग हुने सम्भावना कम हुन्छ । यस्तै प्रत्येक दिन मानिसको शरीरबाट ८० मिली लिटर रगत खेर जाने, रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली ताजा हुने र आफुले रक्तदान गरे जति रगतको मात्रा चार साताभित्र पुनः तयार हुने भएकोले निश्चिन्त भएर रक्तदान गर्न स्थास्थ्यकर्मीको सुझाव छ ।
कार्यक्रममा युवा व्यवसायी विष्णु कक्षपति, रक्त सञ्चार केन्द्रका प्रविधिकहरु सुनिता कुमाई, होमराज गिरी, गुञ्जा कनोजिया र सुनिल थापा मगरले सहयोग गरेका थिए । २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब २ हजार ७ सय भन्दा बढी संख्यामा स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।

Next Post

महामारी फैलन नदिन बहु समन्वात्मक दुई दिने कार्यशाला

३० कार्तिक २०७६, शनिबार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज  :  स्वास्थ्यका क्षेत्रमा कुनै पनि महामारी फैलन नदिने उद्देश्यले बहुक्षेत्र सहभागी दुईदिने कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी रोग तथा महामारी नियन्त्रण महाशाखा टेकुको आयोजनामा सम्पन्न सो कार्यशालामा पाँच नंम्बर प्रदेशका १२ वटै जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्थानीय प्रशासन, खाद्य तथा गुण नियन्त्रण कार्यालय, […]