खजुरा गाउपालिकाको न्यायिक समितिको कामकारवाही अनुगमन

१९ असार २०७७, शुक्रबार १७:२५
 

सदरलाइनडटकम,
खजुरा(बाँके) : स्थानीय तहमा न्यायिक समितिले गरेका काम कारबाहीको बारेमा अनुगमन सुरु गरिएको छ । शुक्रबार जिल्ला न्यायाधीशसहितको एक टोलीले बाँकेको खजुरा गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७६/०७७ मा गरेका कामकारवाहीको अनुगमन गरेको छ ।

बाँके जिल्ला अदालतका न्यायाधीश मनकुमारी जिएम विश्वकर्मा, शाखा अधिकृत गणेश रिजालसहितको टोली शुक्रबार गाउँपालिकामा पुगेर न्यायिक समितिको कामकारवाहीको अनुगमन गरेको हो ।

उपप्रमुख एकमाया विकको संयोजकत्वमा रहेको न्यायिक समितिले गरेका प्रक्रियागत कुराको अनुगमन गरिएको हो । न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेको बारे आर्थिक वर्षको अन्तयमा अनुगमन गर्ने गरिएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन ।


अनुगमनपछि टोलीले खजुराको न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएको छ । खजुरामा वडा वडामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेकोे न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएको छ ।

खजुरामा चालू आर्थिक वर्षमा न्यायिक समिति र मेलमिलाप केन्द्रमा आएका १ सय बढी मुद्दामा ८० प्रतिशत बढी फैसला भइसकेको महिला विकास प्रमुख न्यौपानेले जानकारी दिइन ।

Next Post

बालकको घाँटी रेटेर हत्या प्रयासमा एक पक्राउ

१९ असार २०७७, शुक्रबार १७:२५
सदरलाइनडटकम, नेपालगञ्ज : एक बालकको हत्या गर्ने प्रयासमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १३ का एक बालकको घाँटी काटेर हत्या गर्ने प्रयास गरिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश खड्काका अनुसार राप्तिसोनारी गाँउपालिका […]

ताजा अपडेट