फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने

सदरलाइन संवाददाता ७ आश्विन २०७९, शुक्रबार १५:२८
 

नेपालगञ्ज : युवाहरुमा निहित आन्तरिक क्षमताको विकास गर्दै आत्मविश्वासी बनाउने उद्देश्यसहित पिके इभेन्ट्स प्रलिको आयोजनामा शनिवार फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने भएको छ । आयोजकले इभेन्ट्सको तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

अडिशनमा बाँके, वर्दिया लगायत विभिन्न शहरका ४२ जना प्रतिस्पर्धीले भाग लिने अध्यक्ष प्रकाश कुवरले जानकारी दिए । फेस अफ नेपालगञ्जको प्रतिस्पर्धामा प्लस टु र व्याचलर तहमा अध्यन गर्ने विद्यार्थीले भाग लिनेछन् ।

नेपालगञ्जको म्याजेष्टिक पार्टी प्यालेसमा हुने फेस अफ नेपालगञ्ज तेस्रो संकरणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको बिजेता सेन्जल पौडेलले गर्ने बताइएको छ । कोभिड १९ पछि हुन लागेको कार्यक्रममा निकै उत्साहजनक सहभागिता देखिएको छ ।


फेस अफ नेपालगञ्जको तेस्रो संस्करणलाई रिलायन्स लाइफ इन्श्योरेन्सले मुख्य प्रायोजन गरेको छ भने सेन्ट थोमस हाइस्कुल, श्री राधेश्याम ज्वेलर्स, कोहलपुर डेन्टल हस्पिटल लगायतले प्रायोजन गरेका छन् ।

फेस अफ नेपालगञ्जको विजेताले १६ हजार रुपैयाँ पुरस्कार र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्वेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी अन्य विभिन्न विधाका विजेताले आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवामा शिक्षकद्वारा तलब निकासाको माग गर्दै शाखामा तालाबन्दी

७ आश्विन २०७९, शुक्रबार १५:२८
डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउपालिकाका अन्तरगतका सामुदायिक विद्यालयका शिक्षकहरुले आफुहरुको मासिक तलब निकासा नभएको भन्दै पालिकाको शिक्षा शाखामा तालाबन्दी गरिदिएका छन् । विजयादशमी जस्तो पर्व नजिकिदै गर्दासमेत पालिकाबाट विद्यालय शिक्षकको तलव निकासाको पहल नगरेको भन्दै शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतको अगुवाईमा शिक्षा शाखामा तालाबन्दी गरिएको हो । […]