दैलेख पर्यटन महोत्सवको तयारी सकियो

२५ माघ २०७३, मंगलवार १२:२०
 

सदरलाइनडटकम  
२५ माघ काठमाडौं : आगामी फाग्ण १२ गते देखि दैलेखमा पर्यटन महोत्सवको आयोजन हुने भएको छ । राष्ट्रिय कृषि उद्यम तथा घरेलु व्यापार मेलाले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो महोत्सवको बारेमा जानकारी दिएको हो । दैलेखको पर्यटनलाई राष्ट्रिय स्तरमा पुर्याउनको लागि महोत्वसको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
फागुण १२ गतेदेखि फागुण २२ गते १० दिनसम्म चल्ने सो महोत्सवमा दैलेखमा रहेका ऐतिहासिक साँस्कृतिक धार्मीक र पर्यटकीय महत्वका बिषयको प्रचार–प्रसार हुने साथै राष्ट्रिय ख्याँतिप्राप्त कलाकारको प्रस्तुति समेत रहने जानकारी आयोजकले दिएको छ ।
कार्यक्रममा सांसद अमरबहादुर थापाले राज्यले दैलेखलाई हेर्ने नजर फरक रहेको गुनासो पोखे । थापाले भने,‘काठमाडौं, लुम्विनी पछिको प्राकृतिक सौन्दर्यताको धनि जिल्ला हो, पाँच पाण्डवको बसोवास गरेको जिल्ला हो, यस जिल्लामा भएका प्राकृतिक स्रोत साधनको उचित प्रयोग र प्रचार–प्रसार गर्नको लागि राज्यले प्रभावकारी भूमिका खेल्न सकेको छैन् ।’
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले दैलेख जिल्लाको प्राकृतिक छटालाई सञ्चार माध्यामबाट प्र्रचार–प्रसार गर्नमा आफुले कुनैपनि कसर बाकी नराख्ने प्रण गरेका छन् । धमलाले भने,‘आज नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली वहस दैलेखका कुन–कन्दरामा बज्छ, यतिमात्रै होईन देशका सबै गाउँबस्तिमा सुनिन्छ, त्यसैले यस कार्यक्रममार्फत दैलेखको विविध बिषयलाई जोडतोडले उठाउने प्रण गर्छु।’



महोत्सवका बारेमा भाषाविद् प्रा.डा.मुधुसुधन गिरीले दैलेख जिल्लाको ऐतिहासिकताको बारेमा प्रकाश पारेका थिए।
पहिचान खोजिरहेको अवस्थामा सभ्यता र संस्कृतिजन्य पहिचानका दृष्टिले अत्यन्त पनि समृद्ध हुँदाहुँदै दैलेख पछि परेको छ बताउँदै उनले भने,‘अब हामीले यसलाई प्रभावकारी रुपमा अघि लिनुपर्छ, राज्यका निकायले यस क्षेत्रकाबारे हेर्ने दृष्टिकोण बदल्नुपर्छ।’
त्यस्तै ईतिहासकार प्रा.डा. राजाराम सुवेदीले दैलेख जिल्लाको प्राचिन उत्पतिका बारेमा विशेष ब्याख्या गरेका थिए।
प्रा.डा.सुवेदीले अघि भने,‘पूर्वकालदेखि दैलेख क्षेत्र उद्योग वाणिज्य, विद्याभ्यास, राज्य संरचना तथा हिमालवारि र हिमालपारिको व्यवसायिक केन्द्र रहिआएको क्षेत्र हो, वर्तमान समयमा यसको महत्व बढ्दै गएको छ, त्यसैले दैलेख पर्यटनले दैलेखका सुन्दर पर्यटन क्षेत्र, मूर्त र अमूर्त सम्पदाको केन्द्रका रुपमा रहि आएको कुरालाई देश तथा विदेशसम्म पुर्याउनको लागि सहयोग गर्नेमा म विश्वस्त छु।’
कार्यक्रममा महोत्सवका संयोजक विष्णुप्रसाद शर्माले महोत्सवको तयारी पूरा भएको जानकारी दिए। मेलामा करिव दुई लाखभन्दा बढि नै पर्यटक तथा अवलोकनकर्ता आउने उनको विश्वास थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजस्व गस्तीले सामान नियन्त्रणमा लिदा सडकमै लम्पसार

२५ माघ २०७३, मंगलवार १२:२०
भन्सार प्रज्ञापन हुँदाहुँदै पनि सामान खोसर लगियो : पीडित सदरलाइनडटकम       २६ माघ, नेपालगन्ज : राजस्व चुहावट नियन्त्रण गुल्म कोहलपुरबाट गस्तीमा रहेको सशस्त्र प्रहरी र राजस्व अनुसंधान कार्यालय कोहलपुरको संयुक्त टोलीले भन्सार प्रज्ञापन पत्र हातमा हुँदा हुँदै राजस्व छलेको आरोपमा समान नियन्त्रणमा लिन खोज्दा सामान धनी र गस्तीटोलीबीच झण्डै डेढघण्टा […]