सदरलाइनडटकम,
नेपालगञ्ज : खेलकुदको महाकुम्भका रुपमा लिइएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार समितिले बुधवार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
बिहीवार साँझ राष्ट्रपति बिद्यादेवी भण्डारीले एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगिताबारे जानकारी गराउँदै राखेपका सदस्य सचिव केशव बिष्टले प्रतियोगितालाई भब्य बनाउन कुनै कसर बाँकी नराखिएको दाबी गरे ।
नेपालको इतिहासमै पहिलो पटक धेरै लगानीमा खेलकुद प्रतियोगिता हुन लागेकाले यस क्षेत्रमा ठुलो उपलब्धी भएको बताए । बिहीवारदेखि औपचारिकरुपमा प्रतियोगिता शुरु हुन लागे पनि केही खेलहरु चैत्र २७ देखि नै शुरु भइसकेका छन् । प्रतियोगितालाई ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तय भएको जनाइएको छ ।
