फोहर मैला व्यवस्थापन केन्द्रमा वृक्षारोपण

२८ असार २०७६, शनिबार १८:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाद्धारा शनिवार फोहर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) मा वृक्षारोपण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २३ स्थित ल्याण्डफील्ड साइडको क्षेत्रमा एक हजार विरुवा रोपिएको हो । एक कर्मचारी एक विरुवा, एक जनप्रतिनिधि दुई विरुवा नारासहित वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले ल्याण्ड फिल साइडको वृक्षारोपणले वातावरण स्वच्छतासँगै सुन्दरता पनि बढाउने भएकाले पर्यटकको आकर्षण हुनसक्ने विश्वास व्यक्त गरे । उनले नेपालगञ्जलाई विकासको उत्कृष्ट नमूना र हरित शहर बनाउने घोषणा गरे । साइडको किनारमा सगुन, अमला, कोइराला, शितलचिनी र कागतीलगायतका विरुवा रोपिएका छन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, बातावरण इञ्जिनियर प्रकाश डीसी, उपमहानगरपालिकाका प्रवक्ता एवं वडा न १ का अध्यक्ष प्रमोद रिजाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, सुरक्षा अधिकारी लगायतले विरुवा रोपेका थिए । कार्यक्रममा उपमहानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, सरसफाईकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको सहभागिता रहेको थियो ।

Next Post

डुडुवाका २७ जनालाई व्हिल चियर बितरण

२८ असार २०७६, शनिबार १८:२६
सदरलाइनडटकम, डुडुवा ( बाँके ) :  गर्भवती अवस्थामा आमाको राम्रो हेरचाहर नियमित स्वास्थ्य परीक्षण गराउन सके अपाङ्गता धेरैमात्रामा घटाउन सकिने एक कार्यक्रममा जोड दिईएको छ । डुडुवा गाँउपालिकाले नेपालगञ्जमा आयोजना गरेको एक कार्यक्रममा बोल्ने सहभागीहरुले गर्भवती आमाको नियमित स्वास्थ्य परिक्षण तथा सही तरीकाले औषधी सेवनले अपाङ्गता न्युनीकरणमा धेरै सहयोग पुग्ने […]