बालिका हत्या आरोपमा चौहान कारागार चलान

सदरलाइन संवाददाता १२ मंसिर २०८०, मंगलवार १३:०३
 

नेपालगञ्ज : बाँकेमा बालिकाको हत्या आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत कार्तिक १४ गते डुडुवा गाउँपालिका वडा नम्बर १ टेपरीमा भारतको बहराइच बाबागञ्ज बस्ने ३० वर्षीय महेश चौहानले रामकुमार बाहुनको खेत ट्रयाक्टरले जोत्ने क्रममा खेतमा गाडिएको अवस्थामा अन्दाजी बर्ष १२ की बालिकाको शव फेला परेको भन्ने सूचना प्राप्त भएपछि घटनास्थलमा खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेकी बालिका सोही ठाउँ वस्ने श्यामलाल चमारकी १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमार रहेको पत्ता लगाएको थियो ।


प्रहरीले तत्पश्चात तत्काल ट्रेक्टर चालक चौहानलाई शंका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा बालिकालाई चौहानले नै कर्तव्य गरी मारेको निर्क्यौलपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा पेश गरेको थियो ।

बाँके जिल्ला अदालतको आदेशबाट चौहान पुर्पक्षका लागि जिल्ला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैद हुन सक्ने डाँगीले बताए । चौहान सोही ठाउँमा रहेको आफ्नो ससुरालीमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज आइसीपी छिट्टै सञ्चालनमा आउँदै

१२ मंसिर २०८०, मंगलवार १३:०३
नेपालगञ्ज : नेपालगञ्ज एकिकृत भन्सार जाँचचौकी (आईसिपी) निर्माणको काम सम्पन्न भएको छ । आईसिपीको ‘फिनिसिङ्ग’ को छिटफुट काम मात्रै बाँकी रहेकाले एक महिनाभित्र पूर्णरुपमा सञ्चालन गर्ने तयारी छ । इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज आईसिपी सञ्चालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको छ । समितिका उपनिर्देशक हरिकृष्ण […]