खजुरा महोत्वसको तयारी तीव्र

१५ माघ २०७५, मंगलवार १८:४८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ को तयारी तीव्र भएको छ । महोत्सव माघ २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल र वन वे फिल्मस् पालिको सहकार्यमा उक्त महोत्सव हुन लागेको महोत्सवका संयोजक समर बहादुर खत्रिले जनाए । अहिले प्रचारप्रसार, अतिथि निमन्त्रणलगायतका काम भइरहेको आयोजकले जनाएको छ ।
जिल्लाका साना तथा ठूलो उद्योग तथा कृति प्रविधिको प्रचारप्रसार गर्न र यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यका साथ यो महोत्सव गर्न लागिएको उक्त महोत्सवका प्रसारप्रसार समितिका सदस्य खगेन्द्र दाहालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रीय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने छन् ।
महोत्वसमा नायक अनमोल केसी, गायिका ज्याति मगर, गायक पशुपति शर्मा, टंक बुढाथोकी, बालकलाकार अशोक दर्जीलगायतले महोत्सवमा प्रस्तुति दिने छन् ।

Next Post

छ महिनामा ११९ मुद्दाका १८२ जना लागू औषधसहित नियन्त्रणमा

१५ माघ २०७५, मंगलवार १८:४८
सदरलाइन / रुद्र सुवेदी, नेपालगन्ज : लागूऔषध ओसार पसारको दृष्टिले बाँके अत्यन्तै संवेदनशिल र भयावह अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्ष यता लागू औषधको मुद्दा दर्ता हुनेदेखि पक्राउ पर्ने परिणाम र व्यक्तिहरुको संख्यामा देखिएको बृद्धिका कारण पनि बाँके अत्यन्तै संवेदनशिल रहेको हो । […]

सम्बन्धित