नेपालगञ्जमा सामुहिक नमाजपछि बकरईदको रौनक सुरु

रुद्र सुवेदी ४ असार २०८१, सोमबार १०:३४
 

नेपालगञ्ज :  ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक सोमबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व बुधबारसम्म मनाईने बताईएको छ ।

रमदान महिनाभर उपवास बसी ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि बकरईद मनाईने चलन छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा सोमबार बिहान साढे ७ बजे बकराईद ईद–उल–अजाहको सामुहिक नमाज पढेर बकर ईद मनाउन सुरु गरिएको हो ।

ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) नजिकको सामुहिक स्थान मस्जिद वा आ–आफ्नो घरमा दिने प्रचलन रहेको मुस्लिम अगुवा तथा पूर्व लुम्बिनी प्रदेश सभा सदस्य मो याकुव अन्सारीले जानकारी दिए ।

बकरईदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगञ्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता जानवरको जोहो गरि सकेको उनले बताए ।


भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको ईस्लामा धर्मगुरु समेत रहनुभएका मौलाना मन्सुर आरफीले जानकारी दिए ।

अन्तरधार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सदस्य समेत रहेका मुस्लिम धर्मगुरु आरफीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिए ।

सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जसको साथमा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक चलन रहेको छ ।

सो सामुहिक नमाजमा जम्मा भएका नमाजिहरुले साउण्ड सिस्टममा भएको प्राविधिक गडबढीका कारण दुआ पढ्न नपाएको गुनासो गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

४ असार २०८१, सोमबार १०:३४
जनकपुर, :  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकी छन । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी छन् । ‘मुख्य विषय हराएका बालबालिकाको […]

सम्बन्धित