कर्णालीका नवनियुक्त पर्यटनमन्त्री शाहीद्वारा शपथग्रहण

सदरलाइन संवाददाता २९ श्रावण २०७९, आईतवार १४:०६
 

नेपालगञ्ज : कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए ।


त्यसलगतै उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ३ जनामा कोरोना पुष्टि

२९ श्रावण २०७९, आईतवार १४:०६
नेपालगञ्ज : बाँकेमा आइतवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जमुनाहा नाकामा २ र राप्तीसोनारी गाउँपालिकामा एक गरी तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये एक जना महिला र दुई जना पुरुष छन् […]

सम्बन्धित