नेपालगञ्जमा लागूऔषध दुर्व्यसनीको अवस्था भयावाह

१७ जेष्ठ २०७६, शुक्रबार १६:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने १२ वर्ष मुनिका नबालिगदेखि ५० वर्षमाथिका बृद्धसम्मले लागूऔषध सेवन गर्ने गरेको एक तथ्यांकले देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध काम गर्ने संघसंस्थाहरुले बैशाख २० देखि जेठ १० गतेसम्म गरेको सर्भेक्षणको शुक्रवार सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो ।
नगरभित्र मात्र १ हजार १ सय ९७ जना दुर्व्यसनीरहेको तथ्यांकमा उल्लेख छ । जसमध्ये महिला ३४ र पुरुष १ हजार १ सय ३४ जना रहेका छन् । यीमध्ये १२ वर्षमुनिका ६४ जना, १६ देखि ४९ वर्ष उमेर समूहका १ हजार ३ र ५० वर्षभन्दा माथिका १ सय ३० जना लागूऔषध सेवन गरिरहेको सर्भेक्षणमा सहभागी रविन्द्रसिँह राठौरले बताए ।
नेपालगञ्जका दुर्व्यसनीहरुले ब्राउन सुगर, ट्याब्लेट, इञ्जेक्शनबाट लागूऔषध सेवन गर्ने गरेको पाइएको उनले जानकारी दिए । लागूऔषध दुर्व्यसनविरुद्ध क्रियाशील सहारा हाउसका प्रमुख अभिराज क्षेत्रीले प्रस्तुत तथ्यांक अलिकति तलमाथि हुनसक्ने भएपछि यसले लागूऔषधविरुद्ध काम गर्न आधार तयार हुने बताए ।

Next Post

नेपालगञ्जमा दोस्रो मेयर कप जुडो प्रतियोगिता

१७ जेष्ठ २०७६, शुक्रबार १६:३१
सदरलाइनडटकम, नेपालगञ्ज : दोस्रो मेयर कप जुडो प्रतियोगिता नेपालगञ्जमा शुरु भएको छ । प्रतियोगितामा महिला र पुरुष गरि ८० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा महिला तर्फ ३२ केजीदेखि ५२ र पुरुषतर्फ २५ देखि ५० केजी तौलको खेल हुने बाँके जिल्ला जुडो संघका अध्यक्ष पदम बुढाथोकीले जानकारी दिए । […]