वीरेन्द्रनगरले बनायो शिक्षाको दसवर्षे योजना

सदरलाइन संवाददाता २७ श्रावण २०७९, शुक्रबार १५:२२
 

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना तयार गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका लागि सार्वजनिक गरेको हो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख धीरेन्द्रप्रसाद शर्माले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयकै खाकामा रहेर विभिन्न १५ ओटा विषयमा चार महीना लामो छलफलपछि रणनीतिक योजना मस्यौदा तयार पारिएको जानकारी दिए ।


‘हामी कस्तो नगरपालिका बनाउँछौँ, नगरपालिकाको शिक्षा विकासको तत्कालीन र दीर्घकालीन लक्ष्य के हो भन्ने भिजन मस्यौदामा छ,’ उनले भने, ‘शिक्षा क्षेत्रको सम्रग विकास नभई समृद्ध नगर बन्न सक्दैन, शिक्षाको १० वर्षे रणनीति नगरपालिकाको भावी गन्तव्य पनि हो ।’ उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्य रहेको बताए ।

नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्न १० वर्षे रणनीतिक योजना निर्माण गरिएको बताए । ‘रणनीतिक योजनाले शिक्षाको क्षेत्रमा नगरपालिका कसरी अघि बढ्ने भन्ने बाटो देखाएको छ, यही योजनाअनुसार हाम्रा बजेट, कार्यक्रम, नीति, समन्वय एवं सहकार्यका गतिविधि अघि बढाइनेछ,’ उनले भने, ‘झट्ट हेर्दा रणनीतिक योजना महत्त्वाकाङ्क्षी देखिए पनि हाम्रा लागि यो शिक्षाको ऐना हो ।’ चालु आर्थिक वर्षदेखि ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ अभियान सञ्चालन हुने प्रमुख ढकालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम विश्वद्यालयका कागजात अख्तियारको नियन्त्रणमा

२७ श्रावण २०७९, शुक्रबार १५:२२
सुर्खेत : मध्यपश्चिम विद्यालयका उजूरी अख्तियारमा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले कागजात नियन्त्रणमा लिएका छ । विभिन्न विषयसँग सम्बन्धित उजूरीहरु कार्यालयमा परेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो । ‘नियुक्ती प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा उजूरी परेको थियो’ कार्यालयका प्रमुख भोला दाहालले भने, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया […]