राहुल गाँधीले अध्यक्षबाट दिए राजीनामा

११ जेष्ठ २०७६, शनिबार १४:४६
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय कांग्रेसका अध्यक्ष राहुल गाँधीले राजीनामाको घोषणा गरेका छन् । राहुल गाँधीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिवार राजीनामा घोषणा गरेका हुन् । लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो ।
बैठकको शुरुमा नै राहुल गाँधीले राजीनामा घोषणा गरेका थिए । तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका छन् । राहुल गाँधी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ ।
भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस शुरु भएको छ । राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् । कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको थियो । उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो ।
यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ । राहुल गाँधी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तैनी सिट अमेठीबाट पराजित भएका छन् । यो लोकसभा निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि तीन प्रदेशका अध्यक्षहरूले भने राजीनामा दिएका छन् । कर्नाटक, उत्तर प्रदेश र उडीसाका अध्यक्षहरूले राजीनामा दिएका छन् ।
(एजेन्सी)

Next Post

पूर्वप्रधानन्यायाधीश खत्रीको शोकमा भोली देशभरका अदालत बन्द

११ जेष्ठ २०७६, शनिबार १४:४६
सदरलाइनडटकम, काठमाण्डौ : पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतवार देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतको शनिवार बसेको आकस्मिक पूर्णबैठकले शोकमा भोलि देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश […]

सम्बन्धित