शुक्रवार रक्षाबन्धन र जनैपुर्णिमा मनाईंदै

सदरलाइन संवाददाता २७ श्रावण २०७९, शुक्रबार १४:००
 

नेपालगञ्ज : प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषितर्पणी) पर्व शुक्रवार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाईंदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।


यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिपी चोकमा रोयल ट्रेडर्स एन्ड सप्लायर्स सञ्चालित

२७ श्रावण २०७९, शुक्रबार १४:००
नेपालगञ्ज : उपभोक्ताहरुलाई सर्बसुलभ रुपमा सेवा दिने उद्देश्यले नेपालगञ्जको बिपी चोकमा रोयल ट्रेडर्स एन्ड सप्लायर्स सञ्चालनमा आएको छ । यस क्षेत्रका उपभोक्ताहरुलाई सुपथ मुल्यमा सेवा दिने उद्देश्यले प्रोपराइटर बिनोद न्यौपानेले सञ्चालनमा ल्याएको उक्त सप्लायर्समा विभिन्न किसिमका अफिसियल, स्कुल, लेडिज तथा जेन्सका झोलाहरु समेत सुपथ मुल्यमा पाइने न्यौपानेले बताए । त्यस्तै […]