राससका श्रमजीवि पत्रकारको समस्या समाधान गर्न सञ्चारमन्त्री गुरुङलाई ज्ञापनपत्र

सदरलाइन संवाददाता २२ श्रावण २०८१, मंगलवार २०:०६
 

 

काठमाडौं, : संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले प्रेस चौतारी नेपालको राससको करार पत्रकारबारेमा ज्ञापन पत्र बुझ्दै राससमा करार श्रमजीवि पत्रकारमा देखिएको समस्या समाधान चाँडै नै पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा गएको टोलीले रासस करार (विशेष समाचारदाता) का समस्याबारे संचारमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएको थियो ।

करिव २० बर्षदेखि काम गर्दै आएका राससका पत्रकारलाई व्यवस्थापन पक्षले न्यून तलवमा काम लगाउँदै आएको थियो । आफूलाई श्रमजीविका नेता धर्मेन्द्र झा अध्यक्ष र सिद्धराज राई महाप्रवन्धक रहेका राससमा १५ जना श्रमजीवि पत्रकारको सुनुवाई हुन नसक्दा मन्त्रीलाई आफ्नो समस्या समाधान गर्न आग्रह गर्न गएका हुन । झा र राई आउने वित्तिकै ति पत्रकार राससबाट निकालिएको थियो । तर पछि नेपाल पत्रकार महासंघको अगुवाईमा सहमति भएपछि अहिले घरैबाट ति पत्रकारले समचार पठाउँदै आएका छन् ।


भेटघाटमा रासस करार पत्रकार संघर्ष समितिका संयोजक रमेश गिरीले आफूहरुले राससमा २० बर्षदेखि काम गरे पनि रासस व्यवस्थापन पक्षले समस्या समाधान नगरेपछि आन्दोलित हुन परेको बताए । ‘राससले जस्तै समस्या भएका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका श्रमजीवि पत्रकारको व्यवस्थापन गरिएको छ” उनले भने, “तर हामी २० बर्षदेखि काम गरिरहेका पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउने काम गरेको छ । हामीलाई व्यवस्थापन गर्ने धेरै ठाउँ भए पनि गरिएन ।’

राससमा नै काम गर्दा गदै उमेर हद नाघेपछि ति श्रमजीवि पत्रकारहरुलाई समस्या भएको हो । तर रासस जस्तै उमेर हद नाघेका गोरखापत्रका पत्रकारलाई भने त्यहाँको व्यवस्थापनले अधिकृत सरह सेवा सुविधा दिएर व्यवस्थापन गरेको छ । रासस व्यवस्थापन पक्षले आफूहरुसग गरिएको सम्झौता पनि कार्यन्वयन नगरेको पत्रकारको गुनासो रहेको छ ।

नेपाल पत्रकार महासंघसंग २०७९ कात्तिक २५ गते गरिएको सहमतिको बुँदा नं.१४ मा श्रमजीवि पत्रकारको सेवा, सुविधा र वृत्ति विकासमा योगदान हुने गरी छुट्टै कोषको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन पहल गरिने छ र कोष स्थापना गरी करार सेवामा लैजाने भनिएको छ । तर अहिलेसम्म पनि रासस व्यवस्थापन पक्षले हाम्रो सेवा, सुविधा र वृद्धि विकासमा कुनै पहल लिएको छैन । एक वर्षमा करारमा लैजाने भनिएको पनि सहमति पालना गरिएको छैन ।

राससका पत्रकारलाई आफूहरुलाई सरकारी संचारमाध्यम गोरखापत्र, रेडियो नेपाल जस्तै हामीलाई करार सेवामा लगेर न्यूनतम अधिकृतस्तर वा सो सरहको सेवा सुविधा उपलब्ध गराउनुपर्ने, सहमतिको बुँदा नं. १४ मा उल्लेख गरिए अनुसार नियुक्त श्रमजीवि पत्रकारको सेवा, सुविधाको स्थायित्वसहित छुट्टै कोष स्थापना गरी करार सेवामा लैजानुपर्ने माग राखेका छन् ।

यस्तै सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नुपर्ने, रासस विनियमावलीमा हामी करारमा काम गर्ने श्रमजीवि पत्रकारलाई सम्बोधन गर्नुपर्ने,. विशेष समाचारदाताको हकमा पनि दशैँ भत्ता, टेलिफोन, खाजा र सञ्चाल, यातायात खर्च, भइपरि आउने तथा विरामी बिदागायत सेवा सुविधाको व्यवस्था हुनुपर्ने र आफ्नो उर्जावान समय राससमा व्यथित गरिसकेकोले रासस विनियमावली संशोधन गरेर स्थायी गर्नुपर्ने माग राखेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रधानमन्त्रीको उद्घोष

२२ श्रावण २०८१, मंगलवार २०:०६
काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नपनि नदिने उद्घोष सहितको प्रतिबद्धता दोहोराएका छन् । मंगलबार संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको कुरामा जोड दिदै भने –‘मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, सहिनँ […]