बिपी चोकमा रोयल ट्रेडर्स एन्ड सप्लायर्स सञ्चालित

सदरलाइन संवाददाता २७ श्रावण २०७९, शुक्रबार १४:११
 

नेपालगञ्ज : उपभोक्ताहरुलाई सर्बसुलभ रुपमा सेवा दिने उद्देश्यले नेपालगञ्जको बिपी चोकमा रोयल ट्रेडर्स एन्ड सप्लायर्स सञ्चालनमा आएको छ ।

यस क्षेत्रका उपभोक्ताहरुलाई सुपथ मुल्यमा सेवा दिने उद्देश्यले प्रोपराइटर बिनोद न्यौपानेले सञ्चालनमा ल्याएको उक्त सप्लायर्समा विभिन्न किसिमका अफिसियल, स्कुल, लेडिज तथा जेन्सका झोलाहरु समेत सुपथ मुल्यमा पाइने न्यौपानेले बताए ।


त्यस्तै रोयल ट्रेडर्स एन्ड सप्लायर्समा नेपाली ढाका टोपी, खादा, गम्छा, पर्स, बेल्ट (जेन्स तथा लेडिज) लगायत शिक्षक तथा शिक्षिकाहरुका अफिसियल पोशाकहरु सहजै रुपमा पाउन सकिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको २० नम्बर सटरमा रहेको उक्त सप्लायर्समा बजार भन्दा सस्तो मूल्य पाइने न्यौपानेले बताए । आदर्श पुस्तक पसलको उत्तरतर्फ रहेको उक्त सप्लायर्समा बिद्यार्थीका जुत्ताहरु लगायत अन्य किसिमका सामाग्रीहरु सुपथ मुल्यमा पाइन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन वर्षमा लुम्बिनीका सांसदको औषधि खर्च आधा करोड बढी

२७ श्रावण २०७९, शुक्रबार १४:११
नेपालगञ्ज : सरकारले निःशुल्क गर्ने भनेको औषधि समेत गरिब बिरामीले पाउन सकेका छैनन् । तर लुम्बिनी प्रदेश सभाका सांसदहरूले भने हरेक वर्ष लाखौं रुपैयाँ औषधि उपचारको नाममा भुक्तानी लिँदै आएका छन् । पछिल्लो तीन वर्षको अवधिमा प्रदेशसभा सचिवालयमार्फत् ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपैयाँ औषधि […]

सम्बन्धित