कोहलपुर नगर स्वास्थ्यका १७ जना कर्मचारी मन्त्रालय फिर्ता

सदरलाइन संवाददाता २५ श्रावण २०७९, बुधबार १४:१८
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले समायोजनमा मिलान गरी नगरपालिका मातहतमा कार्यरत १७ जना कर्मचारीलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाईदिएको छ । स्वीकृत दरबन्दी भन्दा बढी भएका कर्मचारीलाई नगरपालिकाबाट तलव भत्ता उपलव्ध गराउन नसक्ने भन्दै मन्त्रालयलाई फिर्ता पठाएको हो ।

यसअघि नगरपालिकाको गत ११ साउनमा बसेको कार्यपालिका बैठकले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीलाई तलब भत्ता उपलव्ध गराउन नसकिने भएकोले त्यस्ता कर्मचारीलाई अन्यत्र व्यवस्थापनका लागि सम्वन्धित मन्त्रालयमा फिर्ता पठाउने भनेर निर्णय गरेको थियो ।


नगरपालिकाले २३ साउनमा मन्त्रालयलाई पत्र लेखि फिर्ता गरिएका १७ जना स्वास्थ्यकर्मीको विवरण समेत उपलव्ध गराएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा मातहतमा कार्य गर्ने १६ वटा स्वास्थ्य संस्था रहेका छन् । ३ वटा स्वास्थ्य चौकी, ११ वटा आधारभुत स्वास्थ्य केन्द्र, १ वटा शहरी स्वास्थ्य केन्द्र र १ वटा अस्पतालमार्फत कोहलपुरमा आम नागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको भएपनि ३ वटा स्वास्थ्य चौकि बाहेक अन्य स्वास्थ्य संस्थामा दरबन्दी बिहिन तवरले सेवा प्रबाह भइरहेको छ ।

दरबन्दी बिहिन सेवा भईरहेको अबस्थामा नगरपालिकाले फादिल भन्दै कर्मचारी स्वास्थ्य मन्त्रालयमा फिर्ता गर्नुको रहस्य आम नागरिकको चासोको बिषय बनेको छ । स्वास्थ्य शाखामा स्विकृत दरबन्दिमा २१ जना कार्यरत रहेका छन २१ जनाको दरबन्दिले १६ वटा संस्था कसरी हाक्न सक्छ नगरपालिका समक्ष यक्ष प्रश्न खडा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भदौं १ गतेदेखि भेरी अस्पतालमा स्थानीय तहको सिफारिस नचाहिने

२५ श्रावण २०७९, बुधबार १४:१८
नेपालगञ्ज : नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार भेरी अस्पतालले सञ्चालित निःशुल्क तथा लक्षित कार्यक्रमलाई थप सुधार गरेको छ । ‘स–साना कदमले सेवामा सुधार‘’ नारा दिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन थप सुधार थालेको हो । निःशुल्क तथा लक्षित कार्यक्रम अन्तरगत सेवाग्राहीको आर्थिक अवस्थाको जानकारी दिन अनिवार्य रहेको स्थानीय तहको सिफारिसलाई […]