नेपाल मुस्लीम संघ बाँकेमा अन्सारी

१६ कार्तिक २०७३, मंगलवार ०३:४४
 

 सदरलाइनडटकम , 14925765_1312798682104861_4149397123849569510_n
१६ कात्तिक, नेपालगन्ज  : नेपाली कांग्रेस निकट नेपाल मस्लिम संघ बाँकेको पहिलो अधिबेशनबाट अध्यक्षमा मोहम्मद याकूब अन्सारी निर्वाचित भएका छन् । गत शनिबार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्दघाटन गरेका थिए । सोमवार भएको संघको निर्वाचनबाट अध्यक्षमा अन्सारी १५५ मत ल्याउँदै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिद्वन्द्वी बदरुद्दिन अन्सारीले ६९ मत प्राप्त गरे भने अर्का प्रत्यासी मो. हुसेनले मात्र ४ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा १ सय २८ मत ल्याउँदै अकबर शेख निर्वाचित भएका छन । सचिवमा ६५ मत ल्याएर नसिरुद्दिन शेख, सहसचिवमा १ सय १७ मत ल्याएर रुक्साना खातुन र सह कोषाध्यक्षमा ९५ मत ल्याएर सुफियान खान निर्वाचित भएका छन भने यस अघि नै कोषाध्यक्षमा वफाति बेहना निर्विरोध चयन भएका थिए ।
सदस्यहरुमा इम्तियाज अलि मनिहार, मेराज अहमद खाँ, मिना सिद्दिकी, मोहियुद्दिन शेख, जमालुद्दिन खाँ, सावित जसगढ, अफसाना बेगम, असगर अलि तेली र साबरा सिद्दिकी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । महाधिबेशन प्रतिनिधिमा क्षेत्र नं.१ बाट औरङ्गजेब नट, क्षेत्र २ बाट इस्तियाक अहमद शाह, क्षेत्र नं ३ बाट निजामुद्दीन अन्सारी र ४ नं. क्षेत्रबाट नक्की खाँ निर्बाचित भएको निर्वाचन अधिकृत विरेन्द्र शाहले जानकारी दिए ।अधिवेशनको उद्दघाटनकै दिनदेखि सर्वसम्मत नेतृत्वको लागि पहल गरिएको भए पनि सर्वसम्मत हुन नसकेपछि सोमबार साँझ मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पटाका पट्काउदा ४ बालक घाइते

१६ कार्तिक २०७३, मंगलवार ०३:४४
सदरलाइनडटकम  १६ कात्तिक, नेपालगन्ज :  नेपालगन्जमा पटाका पट्काउने क्रममा नेपालगन्जमा ४ जना बालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार नेपालगन्ज–१६ बेलासपुरमा साँझ करिव साढे छ बजे पटाका पड्काउने क्रममा उनीहरु घाइते भएका हुन । घाइते हुनेहरुमा १४ बर्षिय अदिन […]