बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ

३ मंसिर २०७६, मंगलवार १७:४७
 

सदरलाइनडटकम,
डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका छन् । २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् । सोमवार साझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठमा नै गएर बलात्कार गरेका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । जबर्जस्ती करणी मुद्दा चलाइ थप अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए ।

Next Post

कुवेतसँग १–० गोलले नेपाल पराजित

३ मंसिर २०७६, मंगलवार १७:४७
सदरलाइनडटकम, काठमाण्डौ : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । न्युट्रल भेन्यु भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको […]